दिगो उर्जा विकास तथा स्वालम्वनका लागी सहकार्य

इनरजाइज नेपाल / Academia Industry Cooperation Division, KUको संयुक्त आयोजनामा ललीतपुरको होटेल हिमालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य दिनुहुदै काठमाडौँ विश्वविद्यालयका  सहप्राध्यापक तथा इनरजाइज नेपालका  Institutional Contact Person श्री व्रिजेश अधिकारीले काठमाडौं विश्वविद्यालय र नर्वेजियन सरकारको सहकार्यबारे प्रकाश पार्दै अबको भावी दिनमा विश्वविद्यालय र विभिन्न औद्योगीक इकाई तथा विश्वविद्यालय बीच सहकार्य गर्दै रोजगारी तथा उद्यमशीलताको विकाश गर्नुपर्नेमा जोड दिनुभयो।  तेस्तै श्री राम लामा Academia Industry Cooperation Division,ले कार्यक्रमको उद्देश्यहरु सहभागीहरु माझ राख्नु भयो  ।

कार्यक्रमको प्राविधिक शत्रमा विभिन्न औद्योगीक÷व्यवसायीक संस्थाहरु जस्तैः FNCCI, CNI, NEA, IPAAN, NYEF, Solar Association, Microhydro Association, Brick Industry, UGC, Dairy Associationबाट पाल्नुभएका प्रतिनिधि ज्यूहरुले उर्जा उत्पादन, प्रशरण, वितरण, उर्जा दृढता, उर्जाको गुणस्तर, उर्जाको सदुपयोग, रोजगारी तथा उद्यमशीलताको विकास, अनुसन्धान् र विकासको सोचमा बढावा दिँदै  अध्ययन र अनुसन्धानको संस्कृति अंगाल्न प्रेरित गर्ने कुरामा सहकार्यको लागी आह्वान् गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा इनरजाइज नेपालको तर्फबाट सहकार्यको लागी सबै उद्योगीक  निकाय÷व्यवसायीक संस्थाहरुले देखाउनुभएको तदारुकताको लागी धन्यवाद दिँदै आगामी दिनमा पुन योजना निर्माणको चरणमा भेट हुने कुरा बताउनुभयो । त्यस्तै अन्त्यमा   काठमाडौँ विश्वविद्यालयका  सहप्राध्यापक तथा इनरजाइज नेपालका OMC  Member   रामकाजी बुढाथोकी ज्यूले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गर्नुभयो । 

Scroll to Top